मोरङको केराबारीमा समातिए पाँच जुवाडे, ८ लाख रूपैयाँ बरामद « Khabarhub

मोरङको केराबारीमा समातिए पाँच जुवाडे, ८ लाख रूपैयाँ बरामद


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको केराबारीबाट ८ लाख रूपैयाँसहित पाँच जुवाडे पक्राउ  परेका छन् ।

केराबारीमा सञ्चालित कालिज पालिएको एक फार्ममा पुगेर तास खेल्दै गरेको अवस्थामा मोरङ प्रहरीले सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

केराबारी–६ मा सञ्चालित हरि कृषि फर्मका सञ्चालक भूपेन्द्र भट्टराईको फर्ममा तास खेल्दै गर्दा भट्टराईसहित धरान–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल र धरान–६ का ३६ वर्षीय हरि खत्री पक्राउ परेका छन् । यस्तै केराबारी–६ का ४३ वर्षीय बेधराज मगर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रदेश १ प्रहरी र जिल्ला प्रहरीबाट खटिएको संयुक्त टोलीले १३ बुङ ताससहित २ थान स्कुटी, २ थान मोटरसाइकल ८ लाख ८९ हजार २५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १२ : ५५ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि