सुनसरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

सुनसरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको रामधुनी–२ शिवनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाइकलमा सवार स्थानीय २३ वर्षीय जीवन चौधरी छन् ।

को २६ प ५६५१ नम्बरको मोटरसाइकल शनिबार राति साढे ८ बजेतिर को २ त ९८७६ नम्बरको ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा राति साढे १० बजे मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १ : ३६ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष