प्रदेश यातायात सेवा कार्यालयका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि सेवा प्रभावित « Khabarhub

प्रदेश यातायात सेवा कार्यालयका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि सेवा प्रभावित


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेश यातायात सेवा कार्यालयका केही कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि कार्यालयले दिँदै आएको सेवा प्रभावित भएको छ ।

आजदेखि तीन दिनसम्मका लागि सेवाग्राहीलाई दिँदै आएको सबै सेवा स्थगित गर्न बाध्य भएको कार्यालयले जनाइएको छ ।

सो कार्यालयको राजश्व फाँटमा कार्यरत रहेका केही कर्मचारी र सो कार्यालयको राजश्व बुझ्ने नेपाल इन्भेस्टमेन्ट बैंक हेटौँडा शाखाका कर्मचारीमा समेत कोभिड प्रकोपबाट पीडित हुँदा यातायात सेवा कार्यालयले आफ्नो सबै सेवा स्थगित गर्नुपरेको सो कार्यालयका कार्यालय प्रमुख भक्तराज भण्डारीले बताए ।

उनले कार्यालयको सेवा बन्द गर्नुपरेको विषयमा वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा जानकारी दिइसकिएको पनि बताए ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकका १३ कर्मचारीमध्ये १० जना कर्मचारीलाई कोभिड पुष्टि भएकाले सो बैंकले पनि आजदेखि सबै प्रकारका सेवा केही दिनका लागि बन्द गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ३ : ०८ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि