कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने « Khabarhub

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको जनाइएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबारै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए ।

आइतबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन शनिबार नै आग्रह गरेका थिए ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरुलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री शाही जुटेको स्रोतले जनाएको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा ३३ सांसद नेकपाका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ४ : ०३ बजे

काठमाडौंमा हुरीबताससहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं– काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ ।

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै