आईपीएल क्रिकेट : पञ्जाबले चेन्नइलाई दियो १५४ रनको लक्ष्य | Khabarhub Khabarhub

आईपीएल क्रिकेट : पञ्जाबले चेन्नइलाई दियो १५४ रनको लक्ष्य


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत जारी खेलमा किंग्स ११ पञ्जाबले चेन्नइ सुपर किंग्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको हो।

पञ्जाबका लागि दीपक हूडाले अर्धशतकीय पारी खेले। धर्मराउँदै गरेको पञ्जाबको ब्याटिङ उकासेका उनले ३० बलमा ६२ रन बनाउँदै अभिजित रहे।

त्यस्तै मयंक अग्रवालले २६, कप्तान केएल राहुलले २९ रन बनाए। त्यसबाहेक मन्दीप सिंहले १४ र क्रिस गेलले १२ रन बनाए।

उता चेन्नइका लागि लुंगी नगिदीले सर्वाधिक ३ विकेट लिँदा रवीन्द्र जडेजा, सार्दुल ठाकुर र इमरान ताहिरले समान १/१ विकेट लिए।

पञ्जाब प्लेअफको यात्रामा कायम रहन अनिवार्य जित निकाल्नु पर्ने दवाबमा छ। चेन्नइ भने यसअघि नै प्लेअफको होडबाट बाहिरी सकेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ५ : ४१ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव