मलेसिया- मलेसियामा मेसिन चलाउँदा चलाउँदै दुर्घटनामा परेर हात गुमाएका एक नेपालीले पुनः रोजगारी पाएका छन् ।
बाराको कलैया उपमहानगरपालिका २२ बह्रमपुरीका दीपक प्रसाद साहको कामकै क्रममा गत २६ नोभेम्बरमा मेसिनमा परि दाहिने हात गुमेको थियो ।
मलेसियाको मलका राज्यस्थित वईएचआई नामक फलाम कम्पनीमा कार्यरत उनको मेसिनले दाहिने हात पूर्णरुपले गुमेको थियो ।
कम्पनीले उनको स्थानीय अस्पतालमा उचपार गराएपछि अहिले पुन रोजगारी दिएको हो ।
उनी हात गेपछि कृतिम हातको सहारामा काममा खटिएका छन् । उनलाई शुक्रबार कम्पनीले नै नयाँ इलोक्ट्रोनिक हात राखिदिएको उनका साथिहरुले बताएका छन् ।
प्रतिक्रिया