फुट र विखण्डनको बाटो समात्नु देश र जनताप्रति गद्दारी हुनेछ : नेता रावल « Khabarhub

फुट र विखण्डनको बाटो समात्नु देश र जनताप्रति गद्दारी हुनेछ : नेता रावल


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले स्थायी कमिटीकाे बैठक तुरुन्त बाेलाउन माग गरेका छन् ।

नेकपा विवाद उत्कर्षमा रहेकाे नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे अभिव्यक्ति सार्वजनिक भएपछि नेता रावलले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन् ।

प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले मिलेर जान नसक्ने भए पार्टी अलग–अलग चलाउने प्रस्ताव आफूलाई गरेकाे प्रचण्डको भनाइ सार्वजनिक भएपछि नेता रावलले यस्तो बताएका हुन् ।

नेता रावलले ट्वीट गर्दै लेखेका छन्, ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हाे । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ।’

उनले समझदारी,एकता र देशकाे हित राखेर पार्टी भित्रको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ३२ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी