नेकपा सचिवालय बैठक आज, ओली र दाहालका प्रस्ताव छलफलमा « Khabarhub

नेकपा सचिवालय बैठक आज, ओली र दाहालका प्रस्ताव छलफलमा

सहमति नजुटे दुबै प्रस्ताव स्थायी कमिटीमा लगिने


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज बस्दै छ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने  बैठकमा ओली र प्रचण्डका प्रस्तावमा छलफल हुनेछ ।

यसअतिरिक्त दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमा सदस्यहरूले धारणा राख्नेछन् ।

तर, आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष ओली समूहले अल्पमतमै परे पनि प्रतिवेदनमार्फत राखेको अडानबाट पछि नहट्ने तयारी गरेको छ ।

आफूविरूद्ध लागेको लाञ्छनामा दाहालले माफी मागेर साझा प्रस्ताव ल्याउनु पर्ने अडानसहित ओली समूह प्रस्तुत हुँदैछ । अन्यथा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णभन्दा टसमस हुन नपाइने गरी ओली पक्षले दबाब दिने तयारी गरेको स्रोतले जनाएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्य रहेको दाहाल-नेपाल समूहले ओलीको कार्यशैलीका कारण पटकपटक समस्या आएको भन्दै बहुमतबाट निर्णय गरेर अघि बढ्ने रणनीति बनाएको छ । यसका लागि सो समूहको नेताहरूले माधव नेपालको निवास कोटेश्वरमा सोमबार बिहान छलफल गरेका थिए ।

उक्त छलफलले दुई अध्यक्षका  अहिलेका  अलगअलग प्रस्तावलाई साझा बनाउने गरीको पहल गर्ने तर सहमति नबने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लगेर निर्णय गराउने तयारी भएको स्रोतको दाबी छ ।

त्यसअघि गत शनिबार बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेपछि नेकपामा दुई वटा प्रस्तावले औपचारिकता पाएका छन्।

त्यसअघि कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए।

अध्यक्षद्वयबीच मतभेद बढेपछि बैठक माग गर्दै पाँच सचिवालय सदस्यले कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र ‘पत्र युद्ध’ सुरू भएको थियो ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।

दाहालले अनौपचारिक रूपमा पार्टी विभाजन गरेको ओलीले आरोप लगाएका छन् भने दाहालले पनि ओलीलाई पार्टी विभाजनको ‘नाइके’को संज्ञा दिइ सकेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : १७ बजे

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक