‘सुरक्षा थ्रेट’ हुनेभन्दै बालुवाटारमै सारियो नेकपाको सचिवालय बैठक « Khabarhub

‘सुरक्षा थ्रेट’ हुनेभन्दै बालुवाटारमै सारियो नेकपाको सचिवालय बैठक


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा सारिएको हो ।

आन्तरिक सुरक्षाको कारण देखाउँदै बैठक बालुवाटार मै बोलाइएको एक नेताले बताए । अर्थमन्त्री समेत रहेका पार्टी महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमै बस्ने जानकारी गराएका थिए ।

यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पनि बालुवाटारबाट सुरक्षाको कारण देखाइ बालुवाटारमै बैठक बस्न भनिएको जनाएको छ ।

शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए र अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको हो ।

नेताहरुले भने पार्टी कार्यालय, धुम्बाराहीमा बैठक बस्दा कुनै सुरक्षा थ्रेट नहुने बताएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १२ : ४४ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट