आज नेप्से २ हजार अंकमा रोकियो, कतिको भयो कारोबार ? « Khabarhub

आज नेप्से २ हजार अंकमा रोकियो, कतिको भयो कारोबार ?


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलवार शेयर बजारमा धेरै उतारचढाव देखिएको छ ।

नेप्से परिसूचक अधिकतम २०२२ अंक सम्म पुगेको थियो भने न्युनतम १९६५ अंकको विन्दुसम्म कारोबार भएको थियो । अन्तमा शेयर बजार परिसूचक नेप्से ३.३५ अंकले बढेर २०००.४० अंकको विन्दुमा मंगलवारका लागि बजार बन्द भएको छ ।

अन्य दिनको तुलनामा सामान्य ३.३५ अंकले बढेको बजारमा सेन्सिटिभ परिसूचक भने १.७७ अंकले घटेको छ । समूहगत परिसूचक पनि मिश्रित देखिएको छ । समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक बढेको छ भने बाँकि ७ समूहको परिसूचक घटेको छ ।

मंगलवारको बजारमा अन्य समूहको परिसूचक ६.८७ प्रतिशतले बढेको छ । त्यस्तै जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ प्रतिशत भन्दा धेरैले बढेको छ । जिवन बीमा समूहको परिसूचक १.८० प्रतिशतले बढेको छ भने लघुवीत्त समूहको परिसूचक ०.०५ प्रतिशतले वृद्धि भएको छ ।

घटेर बन्दहुने समूहगत परिसूचक मध्ये व्यापार समूहको परिसूचक ४.४२ प्रतिशतले घटेको छ भने बैंकिङ्ग र विकास बैंक समूहको परिसूचक २.३३ प्रतिशतले घटेको छ । होटल्स र म्यूचल फन्ड समूहको परिसूचक क्रमश १.०३ प्रतिशत र १.५५ प्रतिशतले घटेको छ । बाँकि वीत्त र निर्जीवन बीमा समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटेको छ ।

मंगलवार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३ हजार ९ सय २७ पटकको कारोबारमा ६५ करोड ७९ लाख ८८ हजार १ सय २ रुपैयाँ बराबरको कारोबार हुँदा उक्त कम्पनीको शेयर मूल्य पनि ९.९७ प्रतिशतले वृद्धि भएको छ ।

दोस्रोमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको ४४ करोड ३६ लाख ५० हजार ३ सय ९९ रुपैयाँको कारोबार हुँदा उक्त कम्पनीको शेयर मूल्य पनि ९.९६ प्रतिशतले बढेको छ ।

मंगलवार एनएमबी ५० को सर्वाधिक शेयर कित्ताको कारोबार भएको छ । उक्त कम्पनीको २४ लाख ७५ हजार ७ सय १६ कित्ता शेयर खरिदबिक्री भएको हो । दोस्रोमा नेपाल बंगलादेश बैंकको ८ लाख ३० हजार ४ सय ३३ कित्ता शेयरको खरिदबिक्री भएको छ ।

मंगलवार ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ जसमा नेपाल पूनर्बीमा कम्पनी अग्र स्थानमा रहेको छ भने दोस्रोमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, तोस्रोमा अपर तामाकोशी, चौथोमा नेपाल दुरसञ्चार कम्पनी र पाँचौ स्थानमा सञ्जेन जलविद्युत कम्पनी लिमिटेड रहेका छन ।

मंगलवार शेयरमूल्य घटेर बन्दहुनेमा ग्रिन डेभलभ्मेन्ट बैंक लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.७३ प्रतिशतले घटेको छ । दोस्रोमा नेपाल बंगलादेश बैंक लिमिटेको ५.६८ प्रतिशतले घटेको छ । रकमका आधारमा भने बोटल्स् नेपाल तराईको शेयर ४ सय ९६ रुपैयाँले घटेको छ ।

मंगलवार १ सय ९७ कम्पनीको ६७ हजार ३ सय ५५ पटकको कारोबारमा १ करोड ८५ लाख ७६ हजार ७ सय ८ कित्ताको खरिदबिक्रीहुँदा ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ६ रुपैयाँ ५४ पैसा बराबरको करोबार भएको छ ।

मंगलवारको बजार बन्दहुँदा नेप्सेको बजार पूँजीकरण २६ खर्ब ८१ अर्ब ९९ लाख ७३ हजार ७ सय १० रुपैयाँ ५ पैसा कायम भएको छ ।

मंगलवार कारोबारमा आएका कम्पनी मध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने १२८ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकि ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : ०६ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी