विराटनगरमा 'प्लाज्मा' आदानप्रदानका लागि एप सञ्चालन | Khabarhub Khabarhub

विराटनगरमा ‘प्लाज्मा’ आदानप्रदानका लागि एप सञ्चालन


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोरोना भाइरस संक्रमितको उपचारका लागि प्लाज्मा आदानप्रदान गर्न विराटनगर महानगरपालिकाले ‘प्लाज्मा बैंक विराटनगर’ एप सञ्चालनमा ल्याएको छ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफ्नो व्यक्तिगत विवरणसहित फोटो हालेर एप्सको शुभारम्भ गरे।

कोरोना संक्रमण भएर निको भएको दिनदेखि ३० दिनभित्र प्लाज्मा आदानप्रदान गर्न सकिने भएकाले दिने व्यक्तिले एपमा आफ्नो नाम, फोन नम्बर र रगत समूह उल्लेख गर्नुपर्ने हुन्छ।

संक्रमित भएर निको भएका व्यक्तिले रगत नदिएको हकमा मात्र यो लागू हुने र २२ दिनसम्म रगत नदिएको अवस्थामा महानगरपालिकाले बोलाएर रगत दिन इच्छुक व्यक्तिको रगत संकलन गरेर राखेमा २ महिनासम्म काम लाग्ने छ।

प्लाज्मा दिने ब्यक्तिले रगत दिएको खण्डमा एपमार्फत रगत दिएको जानकारी गराउनुपर्ने महानगरपालिकाले जनाएको छ।

इच्छुकहरुले गुगल प्ले स्टोरमा गएर प्लाज्मा बैंक विराटनगर डाउनलोड गर्न प्रमुख पराजुलीले आग्रह गरे। प्रमुख पराजुलीले कोरोना संक्रमित र अरु रोगका बिरामीहरुका लागि छिट्टै रक्तदान कार्यक्रम संचालन गर्ने बताए।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : ०६ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक