नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट « Khabarhub

नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जस्तोसुकै परिस्थितिमा पनि नफुट्ने दाबी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले जिल्लाको दिपायलमा आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जुनसुकै शक्ति लागे पनि नेकपा नफुट्ने बरु थप मजबुत भएर जाने बताए ।

उनले भने, “अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बरु थप सशक्त तथा एक ढिक्का भएर जानेछ ।”

मुख्मन्त्री भट्टले पार्टीमा बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत रहेको उल्लेख गर्दै प्रतिपक्ष तथा सरकार ढलाउन खोज्ने कुतत्वले अहिले सरकार फेरबदेल हुने तथा कम्युनिष्टको एकता टुट्दै छ भन्ने हल्ला फिजाएको र त्यसता हल्लाका पछि नलाग्नसमेत सबैमा आग्रह गरे ।

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसङ्घीय सांसद हर्कबहादुर सिंहले कम्युनिष्ट पार्टीको एकता भङ्ग गराउन अन्यत्रबाट षड्यन्त्र भइरहेकाले त्यो षड्यन्त्र कुनै पनि हालतमा सफल नहुने दाबी गरे ।

उनले भने, “नेकपाको सरकारले गरेको विकासका काम सहन नसकेर पार्टी एकता विभाजन गराउन खोज्नेले षड्यन्त्र गरेका छन्, त्यस्ता योजना कुनै पनि हालतमा सफल हुने छैनन् ।”

प्रदेश सभा सदस्य पूर्ण जोशीले वर्तमान सरकार पाँच वर्षका लागि चुनिएको सरकार भएकाले यो सरकार ढल्ने तथा कम्युनिष्ट फुट्ने कुनै सम्भावना नरहेको बताए ।

उनले भने, “कम्युनिष्ट सरकार पाँच वर्ष चल्छ, पार्टी फुट्ने भन्ने कुनै सम्भावना छैन, हामी जनताका चाहनाअनुसार विकास गर्न चुनिएका हौँ, हामीले काम गर्नुपर्छ तोडफोडतिर लाग्ने होइन ।”

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : ५८ बजे

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको