नेकपा (माओवादी केन्द्र) र नेकपा (माओवादी) सडक ‘संघर्ष’को तयारीमा « Khabarhub

नेकपा (माओवादी केन्द्र) र नेकपा (माओवादी) सडक ‘संघर्ष’को तयारीमा


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले विभिन्न राजनीतिक दलहरुसँग सुदृढ कार्यगत एकताको लागि छलफल तथा अन्तर्कियालाई जोड दिएको छ ।

सोही क्रममा आज माओवादी केन्द्र र नेकपा (माओवादी) बीच संयुक्त छलफल भएको हो।

बैठकमा नेपालमा राजनीतिक पार्टीहरुको अवस्था, अवलम्बन गरेको वैचारिक राजनीतिक कार्यदिशा, राज्यको कार्यशैली र जनसमूदाय बीचको अन्तर विरोधका विषयमा छलफल भएको जनाइएको छ ।

माओवादी केन्द्रको विशेष राष्ट्रिय भेलाबाट निर्वाचित अध्यक्ष कर्णजीत बुढाथोकी शुशिलले अहिलेको मुख्य आवश्यकता भनेको विभिन्न ढंगले विकेन्द्रीत हुन पुगेका माओवादी क्रान्तिकारी शक्तिहरुबीचको सुदृढ कार्यगत एकता र वैचारिक सैद्धान्तिक आधारमा पार्टी एकता र वृहत ध्रुविकरण भएको बताए ।

उनले वर्तमान संसदीय व्यवस्थाका कारण नागरिकको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको, राष्ट्रियता, जनतन्त्रको अवस्था समस्याग्रस्त बनेको ठहर गर्दै त्यसका विरुद्ध जनन्यायीक व्यवस्था स्थापनार्थ सबै क्रान्तिकारी, प्रगतिशील, देशभक्त जनशक्तिहरुको एकताबाट मुलुकमा बलियो माओवादी पार्टी निमार्ण गर्नुपर्ने र निर्णायक सडक संघर्षको तयारीमा जुट्नुको विकल्प नरहेको बताए ।

विभिन्न क्रान्तिकारी शक्तिहरुबीको एकताका विषयमा माओवादी केन्द्रले विभिन्न राजनीतिक दल, वामपन्थी अगुवाहरु, राजनीतिक विश्लेषक, पत्रकार, लेखक, बुद्धिजीवी समुदायहरुसँग छलफल र बहस गर्दै आएको छ ।

दुई दलले जारी गरेको संयुक्त वक्तव्यको पूर्णपाठ यस्तो छ-

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ८ : २६ बजे

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डको आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी

ईश्वर पोखरेलका एजेन्डा : विद्या भण्डारीलाई एमालेमा फर्काउने, ७० वर्षे र दुई कार्यकाल ब्यूँत्याउने

काठमाडौं-  नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी

‘भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारको ध्यान केन्द्रित’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका साथै मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै

एमालेले आफूलाई परिवर्तन नगरे कम्युनिस्ट आन्दोलन संकटमा पर्छ : ईश्वर पोखरेल (दस्तावेजसहित)

काठमाडौं-  नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी