नेकपा विवाद : आजको ‘चर्काचर्की’पछि भोलिको सचिवालय बैठकमा ओली नजाने « Khabarhub

नेकपा विवाद : आजको ‘चर्काचर्की’पछि भोलिको सचिवालय बैठकमा ओली नजाने


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद थप उत्कर्षमा पुगेको छ । आजको सचिवालय बैठकमा नेताहरुबीच ‘चर्काचर्की’ भएपछि विवाद झन उत्कर्षमा पुगेको हो।

सचिवालय बैठकमा अध्यक्ष द्वयले पेस गरेका ‘प्रस्ताव’माथि छलफल शुरु भएको जनाइए पनि आज ‘आरोप-प्रत्यारोप’मै सकिएको एक सचिवालय सदस्यले बताए ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबिना जबर्जस्ती बैठक बोलाएको भन्दै भोलिको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाग नलिने जनाएका छन्।

मङ्सिर १३ गते पनि प्रचण्डले केन्द्रीय कार्यालय धुम्बाराहीमा सहमतिबिना बैठक राखेपछि आज त्यता नगएका नेकपाका अध्यक्षसमेत रहेका ओलीले आज पनि उसै गरी बोलाएको भन्दै भोलिको सचिवालय बैठकमा उपस्थित नहुने जनाएका छन्।

‘‘अस्ति पनि जबर्जस्ती धुम्बाराहीमा बैठक एकलौटी रूपमा बोलाउनुभयो, आज पनि तपाईंले भोलिका लागि जबर्जस्ती बैठक बोलाउनुभएको छ,’’ ओलीले बैठकमा भने, ‘‘सहमतिबिना जबर्जस्ती बोलाउने बैठकमा म आउने छैन, त्यसमाथि भोलि मेरो पूर्वनिर्धारित कार्यक्रम यसअघि नै तय भइसकेको छ।’’

सचिवालय स्रोतका अनुसार भोलि सचिवालय बैठक बोलाउने सम्बन्धमा प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच मत बाझिएको थियो।

प्रचण्डले दिउँसो ३ बजे बैठक बोलाउने भनेका थिए भने श्रेष्ठले १ बजे भनेर एकछिन विवाद भएको थियो।

‘‘तपाईंहरू समयका बारेमा विवाद नगर्नुहोस्, जबर्जस्ती बोलाउने कुनै पनि बैठकमा म आउने छैन, मेरो आफ्नै पूर्वनिर्धारित कार्यक्रम छ,’’ अ‍ेलीले भने।

प्रधानमन्त्री ओलीले उपस्थित हुन नसक्ने बैठकमा जानकारी गराए पनि प्रवक्ता श्रेष्ठले बैठकअघि औपचारिक र अनौपचारिक दुवै छलफल हुने भन्दै भोलि १ बजे बालुवाटारमा बैठक डाकिएको जानकारी दिएका थिए।

एक सचिवालय सदस्यका अनुसार आजको बैठकमै ओलीले भनेका थिए,  ‘मैले भनेको नमान्ने हो भने यस्ता बैठकको काम छैन ।’

उनले सचिवालय बैठकबाट नभएर बाहिरबाट निकास खोल्नुपर्ने बताएका थिए । तर, उनको यो प्रस्तावमा महासचिव विष्णु पौडेलले मात्र समर्थन जनाएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : ४८ बजे

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ