धेरै जाडो भयो हुनसक्छ ‘हाइपोथर्मिया’ ? यी हुन लक्षण र बच्ने उपाय « Khabarhub

धेरै जाडो भयो हुनसक्छ ‘हाइपोथर्मिया’ ? यी हुन लक्षण र बच्ने उपाय


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

यदि मानिसको शरीरको तापक्रम ९५ डिग्री फरेनहाइड भन्दा कम भयो भने हाइपोथर्मिया हुन सक्छ । हाइपोथर्मिया जाडो मौसममा हुने गर्दछ । जोखिमपूर्ण समस्याका रुपमा रहेको हापोथर्मियामा शरीरको तापक्रम घट्दै जाने हुन्छ ।

समान्यतया मानिसको शरीरमा तापक्रम ९८ डिग्री फरेनहाइड हुनुपर्छ । जाडो बेलामा शरीरले तापक्रम उत्पन्न गर्न नसकेर हाइपोथर्मिया हुन्छ । यस्तोमा मुटुले काम गर्न छाड्ने र मानिसको मृत्यु समेत हुनसक्छ ।

हाइपोथर्मिया हुदाँ जिउ काम्ने, दिमाग सुस्त हुने, शरीर चल्न छाड्ने र मानिसमा चेतनाको कमी हुने हुन्छ । यो अवस्थामा मध्यम हाइपोथर्मियामा हुने गर्दछ । यदि कडा खालको हाइपोथर्मिया भएमा बिरामीले अचेत बन्ने, मुटुको धड्कन बन्द हुने वा मृत्यु समेत हुनसक्छ ।

हाइपोथर्मियाका लक्षण

हाइपोथर्मिया मानिसको उमेर अनुसार फरक हुन सक्छ । शिशुहरूमा शरीर चिसो हुने, छाला रातो देखिने र शरीर कमजोर हुने हुन्छ । वयस्कमा भने जाडो भएर शरीर काप्ने, हातखुट्टा निलो हुने, टाउको दुख्ने, हातखुट्टा कठ्यांग्रिने, रिँगटा लाग्ने, शरीरमा कमजोरी महसुस हुने, भोक लाग्ने, सास फेर्न गाह्रो हुने, पेट कराउने र अचेत हुने खतरा पनि रहन सक्छ ।

कस्तो अवस्थमा हुन्छ, हाइपोथर्मियाका जोखिम ?

यदि शरीरलाई चाहिनेभन्दा कम तापक्रम भएमा रगत सञ्चालनमा कमी आउँछ । यसले मुटुको काम गर्ने क्षमता कम हुन्छ र कठ्यांग्रिएर मानिसको मृत्यु हुने सम्भावना हुन्छ । जाडो याममा घरबार बिहीन मान्छे, बाटोमा सुत्ने मान्छे, वृद्धवृद्धा, साना शिशुहरु र कमजोर मान्छेलाई हाइपोथर्मियाको जोखिम हुन्छ । विशेषतः शितलहर चल्ने ठाउँ वा हिमाली क्षेत्रमा घर बाहिर बस्ने मानिस हाइपोथर्मियाको शिकार हुन्छन् ।

हाइपोथर्मियाबाट कसरी बच्ने ?

हाइपोथर्मियाको शंका लाग्नासाथ बिरामिलाई तातो बनाउनुपर्छ । पर्याप्त कपडा लगाइदिएर तातो झोलिलो खानेकुरा ख्वाउने र आगो वा हिटरको छेउमा राख्नुपर्छ ।

जाडो मौसममा घरबाहिर निस्कने मानिसहरुले तातो खानुकुरा खाएर निस्कनुपर्छ । बाइक चलाउनेहरुले हावा नछिर्ने तातो लुगा लगाई बाइक चलाउनुपर्छ । शरीरलाई चलायमान बनाउने र तातो हुने प्रयास गर्नुपर्छ ।

ओसिलो वा सुक्खा स्थानमा बस्नेहरुले शरीरको ताप बढाउन ऊनका लुगा लगाउनु उपयुक्त हुन्छ । तर कसिलो लुगा लगाउनु भने हुदैन, यसले रगतको बहावलाई रोक्न सक्छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ८ : २० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००