नेकपा र कांग्रेसको सहमतिमा राष्ट्रिय सभामा कालापानीबारे संकल्प प्रस्ताव पेश « Khabarhub

नेकपा र कांग्रेसको सहमतिमा राष्ट्रिय सभामा कालापानीबारे संकल्प प्रस्ताव पेश


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्‌को राष्ट्रिय सभामा कालापानी, लिम्पियाधुरा र लिपुलेका विषयमा संकल्प प्रस्ताव पेश भएको छ ।

सत्तारुढ दल नेकपा सांसद खिमलाल भट्टराई प्रस्तावना तथा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसकी सांसद सरिता प्रसाईको समर्थनमा संकल्प प्रस्ताव पेश भएको हो ।

भट्टराई सत्तारुढ नेकपाका मुख्य सचेतक हुन् भने प्रसाई कांग्रेसकी प्रमुख सचेतक हुन् ।

सीमा विवादका सम्बन्धमा राष्ट्रिय सभामा पेश भएको संकल्प प्रस्तावमाथि छलफल गरेर सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची राखिएको छ ।

संघीय संसद सचिवालयका अनुसार प्रस्तावमाथिको छलफल सकिए पछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफ दिनेछन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १ : ३० बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको