पूर्वपश्चिम राजमार्ग दैजी–झलारी खण्ड अवरुद्ध « Khabarhub

पूर्वपश्चिम राजमार्ग दैजी–झलारी खण्ड अवरुद्ध


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगर– मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै पूर्वपश्चिम राजमाग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी–झलारी खण्ड अवरुद्ध भएको छ ।

मङ्गलबार राति सो सडकखण्ड अन्तर्गत कृष्णपुर नगरपालिकास्थित आमखैया जङ्गलमा भारतीय पर्यटक बसले बेदकोट नगरपालिका–३ का ४४ वर्षीय जय रानालाई ठक्कर दिँदा मृत्यु भएपछि स्थानीयवासिन्दाले आज विहानदेखि सो सडकखण्ड अवरुद्ध पारेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बस चालकलाई नियन्त्रणमा लिएको र राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ । भीमदत्तनगरबाट बुटवलतर्फ गइरहेको युपी १७ एटी १०६६ नम्बरको बसले विपरीतदिशाबाट म १ प ९०२७ नम्बरको बसमा घर आइरहेका रानालाई ठक्कर दिएको थियो ।

मृतकका आफन्तले शव बुझ्नसमेत मानेका छैनन् । मृतकको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  २ : २९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना