नेपाली फिल्म निर्माण नहुँदा ‘स्टार’का हातमा छैनन् फिल्म « Khabarhub

नेपाली फिल्म निर्माण नहुँदा ‘स्टार’का हातमा छैनन् फिल्म


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अघिल्ला वर्ष हप्तामा ३ वटा पनि नेपाली फिल्म निर्माणको घोषणा गरिन्थे । ३ महिनामै फिल्म निर्माण हुने र प्रदर्शन पनि हुने कारण गत वर्ष धेरै सयभन्दा बढी फिल्म प्रदर्शनमा आए । यी फिल्मका कारण धेरै कलाकारले रोजगारी पाए ।

यस वर्ष भने तुलनात्मक रुपमा निकै कम फिल्म निर्माण भए । निर्माण मात्र होइन, घोषणा पनि उस्तै कम फिल्म मात्र भए । फिल्म निर्माणको घोषणा नहुँदा धेरै कलाकारले फिल्ममा काम पाएका छैनन् ।

विकल्पका रुपमा लिइने धेरैजसो कलाकार बेरोजगार बनेका छन् । यस वर्ष चर्चामा रहेर पनि नायिका प्रियंका कार्की, वर्षा राउत, आना शर्मा, मेनुका प्रधान, जसिता गुरुङ, रीमा विश्वकर्मा लगायत धेरैले फिल्ममा खासै काम पाएनन् । किनकि, फिल्म नै निकै कम निर्माण भएका छन् ।

जबकि, चर्चामा रहेका अनमोल केसी, साम्राज्ञी शाह, सलिन मान बानियाँ, सलोन बस्नेत, नाजिर हुसेन लगायतका कलाकारले पनि पर्याप्त स्किृप्ट पाएका छैनन् ।

यस वर्ष खासै चर्चामा नआएका फिल्ममा भने कलाकारले काम पाएका छन् । धेरै फिल्म निर्माण नहुँदा कलाकारले काम पाउनबाट वञ्चित त भएका छन् । तर, अर्को फाइदा के पनि भएको छ भने धेरै फिल्म नबन्दा निर्माताको लगानी भने बचेको छ ।

फिल्ममा लगानी गरेर धेरै निर्माता डुबेपछि अहिले भने नयाँ मेकर पनि फिल्ममा लगानी गर्न डराइरहेका छन् ।

एकातिर फिल्म निर्माण नहुनु र अर्कातिर निर्माण भई रिलिज भएका फिल्मले पनि दर्शक नपाउँदा फिल्म क्षेत्र धरापमा परेको फिल्म विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ५ : ४४ बजे

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति