घुस अभियोगमा दुई प्रहरीविरुद्ध विशेष अदालतमा मुद्दा « Khabarhub

घुस अभियोगमा दुई प्रहरीविरुद्ध विशेष अदालतमा मुद्दा


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घसु लिएको अभियोगमा दुई जना प्रहरीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अख्तियारले प्रहरी चौकी सर्लाही त्रिभुवन नगरमा कार्यरत प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र घुमुवाका रुपमा काम गर्ने प्रहरी जवान मनोजकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भारतीय सीमा नाकाबाट सामान भित्र्याउन सहज गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग रु ५० हजार घुस मागेको अभियोग लागेको छ ।

आयोगले बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यसैबीच, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी शिक्षक पदमा जागिर खाएको अभियोगमा प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली सिन्धुलीमा कार्यरत प्राथमिक शिक्षक ज्ञानु रायमाझीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १० : १५ बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको