सूचना प्रविधि विधेयकबारे तथ्य छोप्दै भ्रम सिर्जना नगरौंः मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

सूचना प्रविधि विधेयकबारे तथ्य छोप्दै भ्रम सिर्जना नगरौंः मन्त्री बाँस्कोटा


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका बारेमा नकारात्मक हल्ला फैलाइएको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटमा उनले सामाजिक सञ्जाल प्रयोगकर्ता प्रत्येकलाई दर्ता हुनुपर्ने भनेर विधेयकका बारेमा भ्रम सिर्जना गर्न खोजिएको बताए ।

“तथ्य छोप्ने, भ्रम सिर्जना गर्ने काम गरेको देखियो, हरेक नागरिक दर्ता हुनुपर्ने होइन, सामाजिक सञ्जालमात्र दर्ता हुनुपर्ने हो”, उनले भने, “फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल प्रयोगकर्ता हरेक दर्ता हुनुपर्ने भनेर जो हल्ला चलाइएको छ, म त्यो ठाडै खारेज गर्छु ।”

विधेयकका सबै अंश अध्ययन गरेर मात्र टिप्पणी गर्न आग्रह गर्दै उनले भने, “म भन्न चाहन्छु, सरकारले सबैलाई कारबाही गर्ने होइन, कसैका बारेमा उजुरी पर्‍यो भने मात्र कानून आकर्षित हुने हो ।”

विधेयकमा भएका सकारात्मक कुरा लुकाएर सरकारविरुद्ध नगारिकलाई उचाल्न सकिन्छ कि भनेर फोस्रो प्रयास भइरहेको भन्दै उनले सामाजिक सञ्जालमा स्वस्थ र मर्यादित लेख्नका लागि प्रतिबन्ध लगाउने कुनै आशय विधेयकमा नभएको बताए ।

“सरकारले नै सबैलाई जसलाई मन लाग्यो त्यसलाई कारबाही गर्छ भन्ने जसरी हल्ला चलाइएको छ । विधेयकको धारा १५ को उपदफा २ मा दसी प्रमाणको आधारमा कारबाही गर्ने भनिएको छ, सरकारले कारबाही गर्ने पनि होइन”, उनले भने

“जिस्क्याएको, होच्याएको, मानमर्दनको सवालमा पनि आलोचना गर्नेबाट आफू अनुकूल ब्याख्या गर्ने काम भएको छ । तर ‘निरन्तर’ भन्ने शब्द लुकाउने काम भएको छ ।”

कानूनी प्रबन्धभित्र रहेर मात्र विधेकयका बारेमा धारणा सार्वजनिक गर्न राजनीतिक दलका नेतालाई आग्रह गर्दै उनले बजार हल्ला वा पूर्वदृष्टिकोणका आधारमा भ्रम नफैलाउन सुझाव दिए ।

“सरकारले पेश गरेको, उपसमितिले समृद्ध बनाएको, प्रतिपक्षीको आठवटा सुझाव पनि त्यसमा समेटिएको विषयलाई नहेर्ने अनि आफूलाई के लाग्या छ, आफैँ कानून मस्यौदा गरेर भ्रम सिर्जना गर्ने ?”,

सत्य लुकाउने काम नगर्न आग्रह गर्दै प्रवक्ता बाँस्कोटाले भने, “कानूनी व्यवस्था लुकाउनी, भरसक जनतालाई भन्नै नखोज्नी, सत्यसँग खेलवाट गर्ने ढङ्गबाट हल्ला फैलाइएको छ ।”

सरोकार नभएका व्यक्तिसँग जोडेर सामाजिक सञ्जालमा लेख्ने प्रवृत्ति सामाजिक अपराधीकरण भएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा प्रवक्ता बाँस्कोटाले उखु किसानको समस्या वर्षेनि दोहोरिरहेकामा आश्चर्य व्यक्त गर्दै किसानलाई भुक्तानी दिलाउन गृह मन्त्रालयले कदम चालेको बताए ।

उखु किसानलाई सरकारले दिँदै आएको अनुदान सही ढङ्गबाट सदुपयोग नभएको भन्दै उनले अनुदानलाई सोझै किसान समक्ष पु¥याउने विधिको खोजी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ७ : ५५ बजे

सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता हो : मन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सुरक्षित र

सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठेका पाँच सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक

यस कारण दिउँसो झुक्किएर पनि नसुत्नुस्

काठमाडौं– सामान्यतया ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा

कोशीटप्पुका विस्थापित परिवारले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तार हुँदा

रिपोर्ट भन्छ : इजरायलसँग हतियार अभाव, इरानमा जासुसी गर्ने तीनजनालाई झुन्ड्याइयो

काठमाडौं- इरानसँग १२ दिनसम्म चलेको युद्धपछि इजरायली सेनासँग केही महत्वपूर्ण