साउथह्याम्पटनविरुद्ध लिभरपुलको शानदार जित « Khabarhub

साउथह्याम्पटनविरुद्ध लिभरपुलको शानदार जित


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले  मोहमद सल्लाहको २ गोलको मद्दतमा साउथह्याम्पटनबिरुद्ध शानदार  जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोलको बर्षा गरेको थियो ।

खेलको ४७ औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए । ६० औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । खेलको ७२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए ।

खेलको ९० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाएका हुन् ।

जितसँगै लिभरपुलले २५ खेलबाट ७३ अंक जोडेको छ । र, लिभरपुलले शीर्ष स्थानमा २२ अंकको अग्रता बनाएको छ ।

जितपछि लिभरपुलले घरेलु मैदानमा लगातार २० खेलको जितको किर्तिमान पनि बराबरी गरेको छ । यस अघि म्यानचेस्टर सिटीले घरेलु मैदानमा लगातार २० खेल जित्ने कीर्तिमान बनाएको थियो

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : ३८ बजे

बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ– बागलुङमा आधा अर्बको लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम

सुनको मूल्य करिब साढे पाँच हजार रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी– मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने