अमेरिका, अष्ट्रेलियासहितका ६ मुलुकबाट चिनियाँलाई यात्रामा प्रतिबन्ध « Khabarhub

अमेरिका, अष्ट्रेलियासहितका ६ मुलुकबाट चिनियाँलाई यात्रामा प्रतिबन्ध


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसबाट २ सय ५९ जनाको मृत्यु र १२ हजार भन्दा बढी संक्रमित भएपछि बढ्दो सङ्क्रमण रोक्ने उद्देश्यले अमेरिका, अष्ट्रेलियासहितका ६ मुलुकले चीनबाट आफ्नो देशमा मानिसहरूको आवातजावत रोक्ने गरी प्रतिबन्ध लगाएका छन्।

अमेरिका र अस्ट्रेलियाले डिसेम्बरमा कोरोना भाइरस फेला परेको देश चीनको भर्खरै भ्रमण गरेका विदेशीलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय लिएका छन्। यो बढी चिनियाँ नागरिकप्रति लक्षित छ ।

यसअघि रुस, जापान, पाकिस्तान र इटलीले त्यस्तै यात्रा प्रतिबन्ध घोषणा गरिसकेका छन। निकै कम मात्र जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्ने अमेरिकाले पछिल्ला दुई सातादेखि चीनको भ्रमण गरेका सबै विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ।

हुबे प्रान्तबाट फर्किरहेका आफ्नो देशका नागरिक र बासिन्दालाई अमेरिकाले १४ दिन क्वारन्टीनमा राखेर उनिहरुको निगरानी गरिरहेको छ ।

अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना कुनै पनि नागरिकलाई दुई हप्ता क्वारन्टीनमा राख्ने जनाएको छ। तर विश्व स्वास्थ्य संगठनका स्वास्थ्य अधिकारीहरूले भने यात्रामा नै भएको प्रतिबद्धको विरोध गरेका छन ।

विश्व स्वास्थ्य सङ्गठनले यात्रा प्रतिबन्धका कारण सूचना आदानप्रदान र मेडिकल आपूर्ति संयन्त्रमा अवरोध पुग्नुका साथै अर्थतन्त्रमा क्षति पुर्‍याउने भएकाले सचेत रहन आह्वान गरेको छ ।

डब्ल्यूएचओले सीमावारपार गर्ने स्थानमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाएको छ। सीमा बन्द गरेपछि यात्रुहरू अनधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने उसको चेतावनी छ।

चीनले आधिकारिक सल्लाहको बेवास्ता गरेको भन्दै यात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेको छ। कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको आधिकारिक सङ्ख्या २५९ मा रोकिएको बताइए पनि यो संख्या लुकाइएको आशंका गरिएको बीबीसीले जनाएको छ।

सन् २००३ मा दुई दर्जन देशमा फैलिएको सार्सको महामारीजस्तै गरी कोरोनाभाइरसको विश्वव्यापी विस्तार भएपछि डब्ल्यूएचओलेले विश्वव्यापी आपतकाल घोषणा गरिसकेको छ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : ५७ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक