टिपर र बसको ठक्करबाट कलंकी र नागार्जुनमा २ जनाको मृत्यु « Khabarhub

टिपर र बसको ठक्करबाट कलंकी र नागार्जुनमा २ जनाको मृत्यु


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

ट्राफिक चेकिङका लागि रोक्न खोजेको मोटसाइकल टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कलङ्की नजिकै खसी बजारमा शनिबार राति १० बजे बा ४ ख ३६६९ नम्बरको टिप्परमा बा ६६ प ४४९० नम्बरको मोटरसाइकल ठोक्किँदा कीर्तिपुरको मच्छेगाउँका शैलेस बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बस्नेतको बल्खुको वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्राफिक प्रहरीले जाँचका लागि टिप्परलाई रोकेको थियो ।

मोटसाइकल चालकले ट्राफिक चेकिङका लागि रोक्न खोज्दा टिप्परमा ठोकिएको प्रहरीले जनाएको छ।

यसैबीच, काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

नागार्जुन नगरपालिका–१ स्थित सडकमा बा१ख ६६४५ नम्बरको बसले बा ८५ प १४९३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धादिङकी ४८ वर्षीय लीला घलेको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर चालककी २६ वर्षीय छोरी प्रमिला घले गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते घलेको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : २५ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान