सुनसरी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या ४ पुग्यो « Khabarhub

सुनसरी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या ४ पुग्यो


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको तित्रृवनमा आज विहान बस र माइक्रो बस एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौका हेमराज कोईराला, माइक्रोका चालक दिपक खड्काको पहिचान खुलेको छ भने अन्य २ जनाको पहिचान हुन बाँकी रहेको ट्राफिक प्रहरी कार्यलय सुनसरीका असई ज्ञानु देउजाले जानकारी दिए ।

दुर्घटनामा घाइते चार जनाको इनरुवा अस्पतालमा उपचार भइरहेको छ । २ जनाको एपेक्स अस्पताल र अन्यको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रबो बस र इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १० : ०३ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार