२७ हजार बढीले आवेदन दिएपछि यी जापानी अर्बपतिले गरे विहे नै रद्द ! « Khabarhub

२७ हजार बढीले आवेदन दिएपछि यी जापानी अर्बपतिले गरे विहे नै रद्द !


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जापानी अर्बपतिले आफूले विवाह गरेर चन्द्रमामा लैजाने जीवनसाथीको खोजी स्थगित गरेका छन्।

चन्द्रमामा जान २० वर्षमाथिका युवतिको खोजी गरेका जापनी अर्बपति युसाकु माइएजावाले सामाजिक सञ्जाल मार्फत चन्द्रमामा लैजाने जीवनसाथीको खोजी स्थगित भएको घोषणा गरेका हुन्।

एक महिना अघि मात्रै उनले चन्द्रमा हनिमुन मनाउनका लागि  विज्ञापन नै गरेका थिए । उक्त विज्ञापन गरेपछि करिब २८ हजार महिलाले आवेदन समेत दिएका थिए।

तर अचानक यस्तो घोषणा गरेका हुन्। यद्यपी उनी एक्लैले सन् २०२३ मा अन्तरिक्षयात्रा गर्ने छन्। उनको योजना भने परिवर्तन गरेका छैनन्।

गत महिना ४४ वर्षीय माइएजावाले वेबसाइट मार्फत विज्ञापन आव्हान गरेका थिए। तर उनले ट्वीटरमार्फत् सहयात्रीको खोजी नगर्ने घोषणा गरे।

२७ हजार २ सय महिलाले आवेदन दिएको भन्दै यो निर्णयबारे जानकारी गराउँदा आफू दुखी रहेको उल्लेख गरेका छन्।

उनी भर्खरै २७ वर्षीया अभिनेत्री आयामे गोरिकीसँग छुट्टिएका थिए। सन् २०२३ का लागि योजना गरिएको उक्त यात्रामा सन् १९७२ पछि पहिलो पल्ट मानिसहरू चन्द्रमामा जान लागेका हुन्।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ८ : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया