उपत्यकाको साँस्कृतिक गुठी सञ्चालनको अधिकार स्थानीय सरकारलाई : मन्त्री मानन्धर | Khabarhub Khabarhub

उपत्यकाको साँस्कृतिक गुठी सञ्चालनको अधिकार स्थानीय सरकारलाई : मन्त्री मानन्धर


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले काठमाडौं उपत्यकाको सांस्कृतिक गुठी संसक्षण र सञ्चालनको जिम्मेवारी स्थानिय सरकारलाई दिइनु उपयुक्त हुने बताएका छन्छ ।

सामुदायीक विकास संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा मन्त्री मानन्धरले काठमाडौं उपत्यकाको सांस्कृतिक र परम्परागत गुठीहरुको संरक्षण र सम्वर्द्धनका लागि स्थानिय सरकारलाई नै जिम्मेवारी दिँदा सहज हुने बताएका हुन् ।

सरकारले देशभरका साँस्कृतिक र अन्य गुठीहरुको व्यवस्थापनका लागि गुठी विधेयकलाई बैज्ञानिक तरिकाले परिस्कृत गरेर ल्याउने तयारी गरिरहेको बताउँदै मन्त्री मानन्धरले कतिपय स्थानहरुमा गुठीका जग्गाहरुको विवाद देखिएको बताए ।

उपत्यकाको गुठीहरुमा जग्गाको विवाद नरहेको बताउँदै मन्त्री मानन्धरले संस्कृति जोगाउने गुठीहरुलाई फरक रुपले हेर्नुपर्ने बताए ।

काठमाडौंमा कायम रहेको गुठी यहाँको जनजीवनसँग सम्बन्धीत रहेको र जन्मदेखि मृत्युसम्मका संस्कारहरु गुठीकै माध्यमबाट हुने भएकाले स्थानीय सरकारकै निगरानीमा रहनेगरी व्यवस्थापन गर्न आफुले पहल गरिरहेको मन्त्री मानन्धरको भनाई छ ।

मन्त्री मानन्धरले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षा पुरा गर्न र प्रधानमन्त्रीको सपना साकार पार्न वर्तमान सरकार लागिपरेको पनि बताए ।

सरकारले विकासका पुर्वाधार निर्माणमा आधार तयार पारेको बताउँदै मन्त्री मानन्धरले आगामी वर्षदेखि देखिनेगरी विकासका प्रतिफल प्राप्तहुने दाबी समेत गरे । प्रधानमन्त्रीले परिकल्पना गर्नुभएको नयाँ नेपाल निर्माणमा वर्तमान सरकार र सत्तारुण नेकपा लागिपरेको बताउँदै सरकारको कामबाट अत्तालिएकाहरुले भ्रम फैलाउन खोजेको मन्त्री मानन्धरको आरोप छ ।

एमसीसी र डन्डोप्यासीफीक रणनीति फरक विषय भएको बताउँदै मन्त्री मानन्धरले देशको विकासका लागि एमसीसीको अनुदान स्विकार्नुपर्ने बताए । तत्कालिन अवस्थामा विदेशी लगानीविना देशको विकास र समृद्धि सम्भव नभएको बताउँदै एमसीसी अनुमोदनको पक्षमा सरकार रहेको मानन्धरको भनाई छ ।

देशभर बन्ने नयाँ सहरहरुको डीपीआर निर्माण र पुर्वाधार विकासको काम भइरहेको बताउँदै मन्त्री मानन्धरले व्यवस्थीत सहरीकरणका लागि आफुले पहल गरिरहेको बताए । काठमाडौं उपत्यकाको सडकमा भएका खाल्डाखुल्डी पुर्ने र नयाँ पिच गर्ने कामलाई तिब्रता दिइएको बताउँदै अबको केही समयभित्रै उपत्यकाका सडक व्यवस्थीत र धुलोरहित हुने दाबी समेत गरे ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १ : ०३ बजे

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान

रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो

इरानी मिसाइलले इजरायलमा ठूलो क्षति, स्वास्थ्यमन्त्रीको आक्रोश- इरानले ‘रेड लाइन’ नाघ्यो

तेलअभिभ- इरानमाथि इजराललले थालेको आक्रमणको छैटौँ दिन बित्दा तेलअभिभसहितका स्थानमा

दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास हुनसक्ने प्रारम्भिक अनुमान

काठमाडौं– पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास

पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

गण्डकी– ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक