सशस्त्र प्रहरीले जाँच चौकी राख्न खोज्दा सीमा क्षेत्रमा एसएसबीको अवरोध « Khabarhub

सशस्त्र प्रहरीले जाँच चौकी राख्न खोज्दा सीमा क्षेत्रमा एसएसबीको अवरोध


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको ठाडी भन्सार क्षेत्र अन्तर्गत पर्ने सीमा क्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी जाँच चौकी राख्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध सिर्जना गरेको छ ।

आइतबार सशस्त्र प्रहरी बलले ठाडी भन्सार कार्यालयबाट दक्षिणतर्फ सीमा क्षेत्रमा अस्थायी जाँच चौकी राख्न खोजेको थियो । तर, भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले उक्त क्षेत्र दशगजा क्षेत्रमा पर्ने भन्दै जाँच चौकी राख्न दिएनन् ।

सिराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने सीमा क्षेत्रमा अहिले दुई देशको संयुक्त नाप–जाँच चलिरहेका कारण सीमा यकीन नगरी जाँच चौकी नराक्न भनेर एसएसबीले ‘अनुरोध’ गरेको जानकारी दिए ।

‘अहिले दक्षिणतर्फको सीमा क्षेत्रमा नेपाल र भारत दुवै देशका नापी अधिकारी सम्मेलिन संयुक्त टोलीको नाप–जाँच चलिरहेको छ । उक्त नापजाँच पछि उक्त क्षेत्र दशगजाअन्तर्गत पनि पर्न सक्ने भएकाले अहिलेका लागि जाँच चौकी नराखीदिन भनेर उनीहरु (एसएसबी)ले अनुरोध गरेका थिए,’ खबरहबसँगको टेलिफोन वार्तामा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘हामीले पनि उनीहरुको अनुरोध मानेर अहिलेका लागि जाँच चौकी नराख्ने भनेका छौं ।’

सीडीओ अधिकारीका अनुसार ठाडी भन्सार कार्यालय क्षेत्रमा अहिले पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) छ । तर, सीमा क्षेत्रमा थप सुरक्षा जाँचको आवश्यकता महसुस गरेर अस्थायी जाँच चौकी राख्न खोजिएको सीडीओ अधिकारीको भनाइ छ ।

‘ठाडी भन्सार कार्यालय नजिकै पहिलेदेखि नै बीओपी छ । तर, सीमा क्षेत्रमा थप सुरक्षा जाँच आवश्यक परेका कारण अस्थायी चौकी राख्ने भनेका थियौं । संयुक्त नाप–जाँच चलिरहेका कारण केही दिनका लागि स्थगित भएको हो,’ सीडीओ अधिकारीले भने ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  २ : १७ बजे

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको