अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको तेस्रो संशोधन विधेयक स्वीकृत « Khabarhub

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको तेस्रो संशोधन विधेयक स्वीकृत


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको आइतबार बसेको बैठकले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६’ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा कानूनमन्त्री ढकालले सार्वजनिक पदधारण गरेका व्यक्तिले ३ महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी प्रावधान रहेको तर सम्पत्ति सार्वजनिक गर्ने वा नगर्ने भन्ने चाहिँ अहिले बहसमै रहेको बताए । उनले सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाबाट भने उन्मुक्ति दिन नहुने पनि प्रष्ट पारे ।

उनले भने, ‘संविधानअनुकूल बनाउन सरकारले विधेयक संशोधन लिएर आएको हो, संविधानको दायरामै रहेर विधेयक आउँछ । आयोगका कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था हुन्छ ।’

प्रस्तावमाथि सांसद राधेश्याम अधिकारी, प्रकाश पन्थ, प्रमिला कुमारी, जीतेन्द्रनारायण देव, ठागेन्द्रप्रकाश पुरी र रामप्रीत पासवानले छलफलमा भाग लिंँदै विधेयकमा सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनु नपर्ने, मन्त्रिपरिषद्ले गरेका निर्णयमा भ्रष्टाचार हुँदा पनि आयोगले हेर्न नमिल्ने र सार्वजनिक पदधारण गरेको कुनै व्यक्तिमाथि पाँच वर्ष पछाडि कुरा उठाउन नपाइने जस्ता विवादास्पद विषय समेटिएको भनी आलोचना गरे ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  २ : ४० बजे

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११:०० बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ