एमसीसीमा सहमति खोज्न नेकपाद्वारा ३ सदस्यीय समिति गठन « Khabarhub

एमसीसीमा सहमति खोज्न नेकपाद्वारा ३ सदस्यीय समिति गठन


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सहयोगको सन्दर्भमा भएको विवादका विषयमा सहमति खोज्न सत्तारुढ नेकपाले ३ सदस्यीय समिति गठन गरेको छ ।

आइतबार दिउँसो बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा भीम रावल र प्रदीप ज्ञवाली छन् । प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाले आइतबारको सचिवालय बैठकले एमसीसीबारे सहमति खोज्न ३ सदस्यीय समिति गठन भएको जानकारी दिए ।

उक्त समितिलाई एमसीसीका विषयमा सहमति खोज्न १० दिनको समयसीमा तोकिएको थापाले जानकारी दिए । १० दिनको समयमा समितिले एमसीसीबारे जारी विवादको समाधानका पार्टी भित्र छलफल गर्ने र सुझाव संकलन गर्ने छ ।

सचिवालय बैठक सकिएसँगै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिन शुरु गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  २ : ४९ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला