इण्डो प्यासिफिकबारे गरिएको टिप्पणी फिर्ता लिन्छौं– प्रचण्ड « Khabarhub

इण्डो प्यासिफिकबारे गरिएको टिप्पणी फिर्ता लिन्छौं– प्रचण्ड


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अमेरिकाको इण्डो–प्यासिफिक रणनीतिबारे गरिएको टिप्पणी फिर्ता लिने बताएका छन् ।

प्रचण्ड र ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अमेरिकाको इण्डो–प्यासिफिक स्ट्राटेजी (आईपीएस) चीनलाई घेरा हाल्नका लागि ल्याइएको भन्ने टिप्पणी गरिएको थियो ।

तर, केही केन्द्रीय सदस्यहरुले उक्त टिप्पणीप्रति आलोचना गरेपछि प्रचण्डले त्यसलाई फिर्ता लिने प्रतिवद्धता जनाएका हुन् ।

जारी केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले आइतबार आइपीएस ‘चीनलाई घेरा हाल्नका लागि ल्याइएको’ भन्ने शब्द फिर्ता लिने बताएका हुन् ।

अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको बुँदा नम्बर १ अन्तर्गत पृष्ठ ८ मा अमेरिकाले चीनलाई घेरा हाल्नका लागि इण्डो–प्यासिफिक रणनीति ल्याएको उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ–‘संयुक्त राज्य अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकछत्र प्रभुत्व बनाइराख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ । यसै सन्दर्भमा हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्यरणनीतिका रुपमा इण्डो–प्यासिफिक रणनीति अगाढि बढाएको छ ।’

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ३ : ०९ बजे

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा

बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ– बागलुङमा आधा अर्बको लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम

सुनको मूल्य करिब साढे पाँच हजार रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।