‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप « Khabarhub

‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’ मा समावेश गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप लागेको छ । फिल्म रुद्रप्रियाका निर्देशक सुदीप भुपाल सिंहले गीतका शब्द चोरी गरेको आरोप लगाएका हुन् ।

सुदीपले महानगरीय प्रहरी परिसर, टेकुमा गीत चोरीको आरोप लगाउँदै उजुरी दिएका हुन् । उनले गीतको मर्म बिगारेर चोरी भएको र क्रेडिट पनि नदिएको आरोप लगाएका छन् ।

गीतका शब्द चोरीको आरोप लगाउँदै सुदीपले संगीतकार सुरेद अधिकारी, गायक निशान भट्टराई र विराज भट्ट प्रोडक्सनविरुद्ध उजुरी दिएका छन् ।

संगीतकार सुरेश अधिकारीले यो गीत सुदीपकै भएको स्वीकारे । युट्युबमा अपलोड गरिएको गीतमा यो गीतका शब्द निशान भट्टराईको भनिएको छ । यसलाई अधिकारीले प्राविधिक त्रुटि भएको बताएका छन् ।

यता विराजले भने यो गीत आफूले सुरेश अधिकारीसँग लिएको र उक्त गीतबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले फिल्मका लागि संगीतकार अधिकारीसँग गीतबारे कुरा गरेको बताए ।

गीत चोरीको आरोप लगाउने सुदीपले भने यो गीत कम्पोज गर्न सुरेश अधिकारीलाई ३ वर्षअघि दिएको प्रतिक्रिया दिए ।

विराज भट्ट र निकिता चाण्डकको शीर्ष भूमिका रहेको यो फिल्म यही माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ३ : २३ बजे

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।