नेकपाका केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा रात्रि भोज « Khabarhub

नेकपाका केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा रात्रि भोज


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रात्रि भोज दिइने भएको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुका लागि आइतबार राति आफ्नो सरकारी निवासमा रात्रि भोज आयोजना गरेका हुन् ।

बुधबारदेखि जारी केन्द्रीय कमिटीको बैठकअन्तर्गत अहिले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ ।

विभिन्न १५ वटा समूहका तर्फबाट प्राप्त सुझाव र प्रश्नहरुमाथि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन् ।

अध्यक्ष ओली तथा प्रचण्डको तर्फबाट प्रस्तुत भएको राजनीतिक प्रतिवेदनसहित पार्टीको समसामयिक विषयमा केन्द्रीय सदस्यहरुले प्रस्तुत गरेका धारणा र प्रश्नबारे प्रचण्डले जवाफ दिइरहेका छन् ।

यस्तै, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नबारे भने महासचिव विष्णु पौडोलले जवाफ दिनेछन् ।

अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले जवाफ दिइसकेपछि अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पनि बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको जवाफ पछि आइतबार नै केन्द्रीय कमिटी बैठक समापन हुने छ ।

बैठकपछि केन्द्रीय सदस्य र पार्टीका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुका लागि रात्रि भोज दिन लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ३ : २८ बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय