नेकपाले अबदेखि बैठकमा दुई अध्यक्षको फोटो नराख्ने | Khabarhub Khabarhub

नेकपाले अबदेखि बैठकमा दुई अध्यक्षको फोटो नराख्ने


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्को आलोचना भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबदेखि पार्टीका बैठक तथा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने भएको छ ।

केन्द्रीय कमिटी बैठक स्थल राष्ट्रिय सभा गृहमा राखिएको व्यानरको दायाँवायाँ दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर राखिएको भन्दै नेताहरुले प्रश्न उठाएका थिए ।

यसअघि कम्युनिस्ट पार्टीका बैठकमा मार्क्स, लेनिनको तस्वीर राख्ने गरिएकोमा यस बैठकमा भने नराखिएको भन्दै आलोचना भएको थियो भने समूहगत छलफलमा समेत नेताहरुले यसबारे प्रश्न उठाएका थिए ।

जसको जवाफ आइतवार (आज) प्रचण्डले दिएका छन् । उनले अबदेखि पार्टीका बैठकमा दुई अध्यक्षको तस्वीर नराख्ने बताएका हुन् ।

उनले पार्टी एकताका बाँकी काम १५ दिनभित्र टुंगो लगाइसक्ने समेत जवाफका क्रममा बताएका छन् । अब हुने मनोनयन र कमिटी गठनहरुमा महिलालाई प्राथमिकता दिने र सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गराइने उनले जवाफि सम्बोधनमा बताए ।

प्रचण्डले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द हटाइने बताएका थिए ।

यो पनि पढ्नुहोस्

नेकपाको व्यानरबाट मार्क्स–लेनिनको फोटो गायब !

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ४ : ३४ बजे

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली