अब प्रहरी जवानका लागि पनि ‘भीआईपी’ मेसको खाना ! « Khabarhub

अब प्रहरी जवानका लागि पनि ‘भीआईपी’ मेसको खाना !


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी अधिकृत र जवानहरुबीच खानामा रहेको ‘विभेद’ हटाउने ‘अभियान’अन्तर्गत महानगरीय प्रहरीले संयुक्त मेसको शुरुवात गरेको छ ।

महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले केही दिन अगाडि प्रहरी अधिकृत र जवानहरुले एउटै मेसमा खाना खानुपर्ने नियम शुरु गरिएको घोषणा गरेका थिए । जसअनुसार आइतबार महानगरीय प्रहरी बृत्त ठिमीमा संयुक्त मेसको उद्घाटन गरिएको छ ।

आइतबार एक कार्यक्रमका बीच डीआईजी पोखरेलले महानगरीय प्रहरी बृत्त ठिमीको संयुक्त मेसको उद्घाटन गरे । संयुक्त मेसको उद्घाटन गर्दै डीआईजी पोखरेलले चर्चाका लागि मात्रै संयुक्त मेसको अवधारणा अगाडि नसारिएको भन्दै उक्त अवधारणालाई अक्षरसः पालना गरिने पनि बताए ।

यस अघि प्रहरी कर्मचारीहरूको लागी सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरि ३ तहको मेस संचालन हुँदै आएको थियो । यसरी संचालनमा आएको मेस प्रणालीबाट तल्लो दर्जाको मेसमा अपेक्षित सुधार हुन नसकेको तथा यसबाट प्रहरी जवान(हवल्दारहरुको मनोबलमा नकाराल्मक असर पर्ने गरेको भन्दै प्रहरीको मश प्रणालीको आलोचना हुने गरेको थियो ।

डीआईजी पोखरेलले सम्पूर्ण मातहत कार्यालयहरुमा अधिकृत जवानहरुको साझा तथा स्तरीय मेस निर्माण तथा सुधार अभियान शुभारम्भ गरिएको बताउदै सबै कार्यालयहरुले उक्त अभियान सफल बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।

आइतबार ठिमी बृत्तमा संयुक्त मेसको उद्घाटन गर्दै डीआईजी पोखरेलले मेस निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी कर्मचारीलाई पुरुस्कृत समेत गरे ।

डीआईजी पोखरेलले सबैभन्दा पहिले संयुक्त मेस निर्माण सम्पन्र गरी संचालन गर्न सफल भएको भन्दै महानगरीय प्रहरी वृत्त ठिमीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोईराला सहित प्रहरी नायव निरीक्षक पृथ्वी बहादुर खत्री, प्रहरी नायव निरीक्षक तेज बहादुर बस्नेत, प्रहरी हवल्दार रामबाबु कुशवाह र प्रहरी जवान देवेस मिश्रलाई पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ५ : ४० बजे

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०२६/२७ मा मुलुकको

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा,