अब प्रहरी जवानका लागि पनि ‘भीआईपी’ मेसको खाना ! « Khabarhub

अब प्रहरी जवानका लागि पनि ‘भीआईपी’ मेसको खाना !


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी अधिकृत र जवानहरुबीच खानामा रहेको ‘विभेद’ हटाउने ‘अभियान’अन्तर्गत महानगरीय प्रहरीले संयुक्त मेसको शुरुवात गरेको छ ।

महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले केही दिन अगाडि प्रहरी अधिकृत र जवानहरुले एउटै मेसमा खाना खानुपर्ने नियम शुरु गरिएको घोषणा गरेका थिए । जसअनुसार आइतबार महानगरीय प्रहरी बृत्त ठिमीमा संयुक्त मेसको उद्घाटन गरिएको छ ।

आइतबार एक कार्यक्रमका बीच डीआईजी पोखरेलले महानगरीय प्रहरी बृत्त ठिमीको संयुक्त मेसको उद्घाटन गरे । संयुक्त मेसको उद्घाटन गर्दै डीआईजी पोखरेलले चर्चाका लागि मात्रै संयुक्त मेसको अवधारणा अगाडि नसारिएको भन्दै उक्त अवधारणालाई अक्षरसः पालना गरिने पनि बताए ।

यस अघि प्रहरी कर्मचारीहरूको लागी सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरि ३ तहको मेस संचालन हुँदै आएको थियो । यसरी संचालनमा आएको मेस प्रणालीबाट तल्लो दर्जाको मेसमा अपेक्षित सुधार हुन नसकेको तथा यसबाट प्रहरी जवान(हवल्दारहरुको मनोबलमा नकाराल्मक असर पर्ने गरेको भन्दै प्रहरीको मश प्रणालीको आलोचना हुने गरेको थियो ।

डीआईजी पोखरेलले सम्पूर्ण मातहत कार्यालयहरुमा अधिकृत जवानहरुको साझा तथा स्तरीय मेस निर्माण तथा सुधार अभियान शुभारम्भ गरिएको बताउदै सबै कार्यालयहरुले उक्त अभियान सफल बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।

आइतबार ठिमी बृत्तमा संयुक्त मेसको उद्घाटन गर्दै डीआईजी पोखरेलले मेस निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी कर्मचारीलाई पुरुस्कृत समेत गरे ।

डीआईजी पोखरेलले सबैभन्दा पहिले संयुक्त मेस निर्माण सम्पन्र गरी संचालन गर्न सफल भएको भन्दै महानगरीय प्रहरी वृत्त ठिमीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोईराला सहित प्रहरी नायव निरीक्षक पृथ्वी बहादुर खत्री, प्रहरी नायव निरीक्षक तेज बहादुर बस्नेत, प्रहरी हवल्दार रामबाबु कुशवाह र प्रहरी जवान देवेस मिश्रलाई पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ५ : ४० बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान