नेबिसंघको रिक्त तदर्थ समितिमा ५ महामन्त्री र २ उपसभापति मनोनयन « Khabarhub

नेबिसंघको रिक्त तदर्थ समितिमा ५ महामन्त्री र २ उपसभापति मनोनयन


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा रिक्त रहेको तदर्थ समितिमा पदाधिकारी मनोनयन गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले पाएको महामन्त्रीको पदका लागि नाम टुङ्ग्याएपछि कांग्रेसले ५ जना महामन्त्री र २ जना उपसभापतिहरु मनोनयन गरेको हो । आज फरक–फरक स्थानमा बसेको दुबै समूहको बैठकले नेविसंघ महामन्त्रीको नाम टुङ्ग्याएका थिए ।

वरिष्ठ नेता पौडेल समूहले पाएको तीन महामन्त्रीका लागि प्रभात दाहाल, उर्मिला थपलिया र दीपक भट्टराईलाई नाम सिफारिस गरेको थियो भने नेता कृष्णप्रसाद सिटौला पक्षले समेत महामन्त्रीमा बलदेव तिमिल्सिना र युवराज पाण्डेलाई बनाउने निर्णय गरिएको थियो ।

महामन्त्रीको नाम सभापति देउवालाई दिएपछि देउवाले आजै उनीहरुलाई मनोनयन गरेका हुन् । कांग्रेसले नेविसंघको उपसभापतिमा तुलसा पन्त र मुक्तिराज पौडेललाई मनोनयन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई ३/३ महामन्त्री र सिटौला पक्षले २ महामन्त्री पाउने गरी कांग्रेस शिर्ष नेताहरुका बिचमा सहमति भएको थियो ।

नेविसंघको उपाध्यक्षमा भने तीनै समूहले २/२ जना र सह-महामन्त्री पनि तीनै समूहले २/२ जना लिने सहमति भएको थियो ।

१ सय २७ सदस्यीय नेविसंघको तदर्थ समितिमा ६० जना सदस्य सभापति देउवा समूहबाट, ४० जना पौडेलबाट र ३० जना सिटौला समूहले पाउने सहमति भए पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्य भने पछि टुङ्ग्याइने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : ४२ बजे

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत