नेबिसंघको रिक्त तदर्थ समितिमा ५ महामन्त्री र २ उपसभापति मनोनयन « Khabarhub

नेबिसंघको रिक्त तदर्थ समितिमा ५ महामन्त्री र २ उपसभापति मनोनयन


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा रिक्त रहेको तदर्थ समितिमा पदाधिकारी मनोनयन गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले पाएको महामन्त्रीको पदका लागि नाम टुङ्ग्याएपछि कांग्रेसले ५ जना महामन्त्री र २ जना उपसभापतिहरु मनोनयन गरेको हो । आज फरक–फरक स्थानमा बसेको दुबै समूहको बैठकले नेविसंघ महामन्त्रीको नाम टुङ्ग्याएका थिए ।

वरिष्ठ नेता पौडेल समूहले पाएको तीन महामन्त्रीका लागि प्रभात दाहाल, उर्मिला थपलिया र दीपक भट्टराईलाई नाम सिफारिस गरेको थियो भने नेता कृष्णप्रसाद सिटौला पक्षले समेत महामन्त्रीमा बलदेव तिमिल्सिना र युवराज पाण्डेलाई बनाउने निर्णय गरिएको थियो ।

महामन्त्रीको नाम सभापति देउवालाई दिएपछि देउवाले आजै उनीहरुलाई मनोनयन गरेका हुन् । कांग्रेसले नेविसंघको उपसभापतिमा तुलसा पन्त र मुक्तिराज पौडेललाई मनोनयन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई ३/३ महामन्त्री र सिटौला पक्षले २ महामन्त्री पाउने गरी कांग्रेस शिर्ष नेताहरुका बिचमा सहमति भएको थियो ।

नेविसंघको उपाध्यक्षमा भने तीनै समूहले २/२ जना र सह-महामन्त्री पनि तीनै समूहले २/२ जना लिने सहमति भएको थियो ।

१ सय २७ सदस्यीय नेविसंघको तदर्थ समितिमा ६० जना सदस्य सभापति देउवा समूहबाट, ४० जना पौडेलबाट र ३० जना सिटौला समूहले पाउने सहमति भए पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्य भने पछि टुङ्ग्याइने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : ४२ बजे

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८