६ वर्षीया बालिका अपहरणमा संलग्न थापा पक्राउ « Khabarhub

६ वर्षीया बालिका अपहरणमा संलग्न थापा पक्राउ


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) को अपहरणमा संलग्न एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भइ बोडेमा बस्ने २० वर्षीया आशिष थापा रहेका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार अपहरण भएको ५ घन्टापछि महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, ठिमीको टोलीले उनलाई पक्राउ गरेको हो ।

थापाले फिरौती वापतको रकम ठिमीमा रहेको भाटभटेनीमा ल्याएर दिन भनेका थिए । सोही क्रममा उनलाई उनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

अपहरणकारीले बालिकालाई अपरहरण गरेर सूर्यविनायकको घ्याम्पे डाँडा लगेका थिए । बालिका पछाडि हात बाँधिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रहरी अनुसन्धानका क्रममा अपहरणकारीले ती बालिका रोइकराइ गर्न थालेपछि घुम्न आएका मानिसहरुले थाहा पाउने डरले बालिकालाई जंगलमै छाडेर भागेको खुल्न आएको छ ।

बालिका जंगलमा रोएको देखेर घुम्न आउने मानिसले सोधपुछ गर्दा उनले स्कुलको नाम बताएपछि सर्वसाधारणले उनलाई स्कुलसम्म छाडिदिएका थिए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ७ : ०५ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले