तीन ‘पिन्ट’ रगतले बचायो सुत्केरीको ज्यान ! « Khabarhub

तीन ‘पिन्ट’ रगतले बचायो सुत्केरीको ज्यान !


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको गुठिचौर गाउँपालिका–५ देवलगाउँकी ४१ वर्षीया देवकी गिरी प्रसूति हुन नसकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भएकी थिइन ।

उनको तुरुन्त शल्यक्रिया गरी बच्चा निकाल्नु पर्ने भएकोले तीन पिन्ट ‘ओ पोजिटिभ’ रगत आवश्यक पर्‍यो तर प्रतिष्ठानमा ‘स्टक’ रगत नभएकाले गिरीलाई रगत उपलब्ध हुन सकेन ।

गिरीका आफन्तले नेपाली सेना जुम्लाको नन्दाबक्स गणमा रगत उपलब्ध गराइदिन निवेदन दिएलगतै गणमा कार्यरत सिपाही व्य.नं २३२७८६ प्युठ निङ्दावा शेर्पा, व्य.नं २४७८९५ सि. सन्तोषकुमार तामाङ र व्य.नं २६१००२ सि. नरबहादुर सलामी मगरले एक-एक पिन्ट गरी ‘ओ पोजिटिभ’ रगत तीन पिन्ट प्रदान गरी सुत्केरी र बच्चाको ज्यान जोगाउन सफल भए ।

गण जुम्लामा तैनाथ भएपश्चात स्थानीय नागरिक तथा विभिन्न निकायको अनुरोधमा यस गणमा कार्यरत करिब २८ जना सकलदर्जाहरुबाट विभिन्न समूहको रक्तदान गरी विभिन्न प्रकारका बिरामीको ज्यान जोगाउन सफल भएको सह सेनानी विशान कार्कीले बताए ।

प्रतिष्ठानमा रगत बै‌क नहुँदा प्रतिष्ठानमै कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीले यहाँका प्रसूति महिला र ‘सर्जरी’ का बिरामीलाई चाहिए जति रगत दिने गरेका छन् । बाहिरबाट कुनै संस्था वा व्यक्तिले रक्तदान नगर्दा प्रतिष्ठानमा रगतको अभाव भएको प्रतिष्ठानका ल्यावप्रमुख विकेक पुन मगरले बताए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ८ : ४४ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण