सागमा पदक जित्ने पुलिसका खेलाडी सम्मानित « Khabarhub

सागमा पदक जित्ने पुलिसका खेलाडी सम्मानित


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले नेपालमा हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई आज सम्मान गरेको छ ।

सागमा नेपाल प्रहरीका खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कांस्य पदक जितेका थिए ।

व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनही एक लाख २५ हजार, रजत जित्नेलाई ६० हजार र कास्य जित्नेलाई ३० हजार प्रदान गरिएको राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान तथा नेपाल प्रहरीका खेलकुद शाखा इञ्चार्ज प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिए ।

यस्तै सागमा टिम स्पर्धामा स्वर्ण पदक जित्नेलाई ७५ हजार, रजत जित्नेलाई ४० हजार तथा कास्य जित्नेलाई २५ हजारबाट सम्मान गरिएको छ ।

यसैगरी सागमा दोहोरो स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठलाई दुई लाख प्रदान गरिएको थियो । उनले करातेको व्यक्तिगत र टिम कातातर्फ स्वर्ण पदक जितेका थिए।

नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान केन्द्र महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदक विजेता खेलाडीलाई पुरस्कृत गरे । सो अवसरमा प्रशिक्षकहरुलाई प्रशंसा पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ४६ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज