सागमा पदक जित्ने पुलिसका खेलाडी सम्मानित « Khabarhub

सागमा पदक जित्ने पुलिसका खेलाडी सम्मानित


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले नेपालमा हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई आज सम्मान गरेको छ ।

सागमा नेपाल प्रहरीका खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कांस्य पदक जितेका थिए ।

व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनही एक लाख २५ हजार, रजत जित्नेलाई ६० हजार र कास्य जित्नेलाई ३० हजार प्रदान गरिएको राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान तथा नेपाल प्रहरीका खेलकुद शाखा इञ्चार्ज प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिए ।

यस्तै सागमा टिम स्पर्धामा स्वर्ण पदक जित्नेलाई ७५ हजार, रजत जित्नेलाई ४० हजार तथा कास्य जित्नेलाई २५ हजारबाट सम्मान गरिएको छ ।

यसैगरी सागमा दोहोरो स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठलाई दुई लाख प्रदान गरिएको थियो । उनले करातेको व्यक्तिगत र टिम कातातर्फ स्वर्ण पदक जितेका थिए।

नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान केन्द्र महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदक विजेता खेलाडीलाई पुरस्कृत गरे । सो अवसरमा प्रशिक्षकहरुलाई प्रशंसा पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ४६ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर