काठमाडौं- बेइजिङस्थित नेपाली दूतावासले चीनबाट नेपाल फर्कन चाहने नेपालीको सूची सार्वजनिक गरेको छ ।
कोरोनाभाइरसको संक्रमणका कारण आवागमन बन्द भएका हुबेइ प्रान्तका विभिन्न शहरमा रहेका स्वदेश फर्किन इच्छुक नेपाली नागरिकहरुले दूतावासमा पेश गरेको आवेदन अनुरुपको सूची सार्वजनिक भएको हो ।
दूतावासले सार्वजनिक गरेको सूचीमा १८० जना नेपालीको नाम सूचिकृत गरिएको छ । जसमा सबैभन्दा धेरै वुहान ५९ जना छन् । त्यस्तै जिङ्गाउबाट ५०, सियानबाट २८ इन्सीबाट २९ र इचाङबाट ५ जना नेपालीले घर फर्कने चाहना राखेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचीमा आफ्नो नाम रहे/नरहेको यकीन गर्न र नरहेको भए व्यक्तिगत विवरण सहित् [email protected] मा इमेल पठाउनु पनि दूतावासले अनुरोध गरेको छ ।
दूतावासले जारी गरेको अध्यावधिक सूची यस्तो छ
प्रतिक्रिया