अमेरिकी राष्ट्रपति उम्मेदवार बन्ने होडबाट बाहिरिए बूट्‍एज्एज « Khabarhub

अमेरिकी राष्ट्रपति उम्मेदवार बन्ने होडबाट बाहिरिए बूट्‍एज्एज


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका इन्डीयाना राज्यका भूतपूर्व मेयर पिट बूट्‍एज्एजले आफ्नो अभियान परित्याग गरेको घोषणा गरेका छन् ।

प्रमुख राजनीतिक दलबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्न खोज्ने उनी प्रथम समलिङ्गी भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

डेमोक्रेटिक पार्टीका ती ३८ वर्षीय नेताले आफ्नो निर्वाचन अभियान सुरु गरेका थिए । तर केही सातायता त्यसले गति गुमाएको थियो।

उनी खुला रूपमा पुरुष समलिङ्गी भनेर चिनिएका व्यक्ति हुन् ।

डेमोक्र्याटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदवार छान्न मतदान हुनुभन्दा दुई दिनअघि बूट्‍एज्एज प्रतिस्पर्धाबाट अलग्गिएका हुन्। मङ्गलवार त्यहाँका १४ वटा राज्यमा उक्त पार्टीबाट राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने छिनोफानो गर्न प्राईमरी अर्थात् प्रारम्भिक निर्वाचन हुँदैछ।

यो मतदानबाट वामपन्थी झुकाव भएका नेता बर्नी स्यान्डर्सले दलभित्र अग्रता कायम गर्ने र राष्ट्रपतीय निर्वाचनका लागि औपचारिक मनोनयनमा पर्ने देखिएको छ ।

डेमोक्र्याटिक पार्टीका उम्मेदवारको प्रतिस्पर्धा रिपब्लिकन नेता तथा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुनेछ । पिट बूट्‍एज्एज आईअवा राज्यमा फेब्रुअरी ३ मा भएको प्राईमरीमा आश्चर्यजनक रूपमा झिनो मतान्तरले विजयी भएका थिए ।

बूट्‍एज्एज पछि हटेपछि अब डेमोक्र्याटिक पार्टीमा राष्ट्रपति उम्मेदवारको प्रतिस्पर्धामा छ नेता बाँकी भएका छन्।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया