सिसी क्यामराको निगरानीमा आँबुखैरेनी | Khabarhub Khabarhub

सिसी क्यामराको निगरानीमा आँबुखैरेनी


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी बजारको निगरानी सिसी क्यामराबाट शुरु गरिएको छ । बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका २ र ३ का विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको हो ।

आँबुखैरेनी गाउँपालिका र तनहुँ उद्योग वाणिज्य सङ्घको सहयोगमा गत वर्ष मुख्य बजार क्षेत्रमा १७ वटा सिसी क्यामरा जडान गरिएकोमा यस वर्ष गाउँपालिकाकै सहयोगमा आँबुखैरेनी गाउँपालिका २ र ३ मा थप १२ क्यामरा जडान गरिएको छ । सिसी क्यामराको कन्ट्रोल रुम इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ ।

बजार क्षेत्रमा जडान गरिएको क्यामराले दुर्घटना न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्‍याएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धि सुवेदीले जानकारी दिए ।

“बजार क्षेत्रमा जडान गरिएका २९ सिसी क्यामरामार्फत बजारको निगरानी गरिरहेका छौं”, उनले भने, “सिसी क्यामराले समाजमा शान्ति र अमनचमन कायम गर्न सहयोग पु¥याउँछ ।” प्रहरीले सिसी क्यामराको माध्यमबाट चौबिसैँ घण्टा राजमार्ग, मुख्यबजार र संवेदनशील क्षेत्रको निगरानी गरिरहेको जनाएको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा १९ सिसी क्यामरा जडान गरिएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र र राजमार्गमा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख त्रिलोचन लम्सालले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिकाको शेराटार, खैरेनीटार बजार, दुलेगौँडा बजार, कोत्रे, ढोरफिर्दी, वडा नं ८ को वडा कार्यालय, गणेश टोल तथा हिमालीटोलको बीच भाग, इलाका प्रहरी कार्यालयलगायतका ठाउँमा सिसी क्यामरा जडान गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : २९ बजे

लखनउलाई हराउँदै आरसीबी क्वालिफायर १ मा, विशाल लक्ष्य भेट्टाउँदा जितेशले बनाए ८५ रन

नयाँ दिल्ली – रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग इतिहासको तेस्रो

अमेरिकी सरकारले बालबालिका र गर्भवतीलाई कोभिड भ्याक्सिन सिफारिस नगर्ने

एजेन्सी – अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले बालबालिका र

नवराजपुर गापाका पूर्वअध्यक्ष यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी,

सूर्योदय नगरपालिकाको योजना – पशुपालनलाई प्रोत्साहन, दैनिक दुई लाख लिटर दूध उत्पादन

इलाम – यहाँको सूर्योदय नगरपालिकाले व्यावसायिक पशुपालन गर्न किसानलाई प्रोत्साहित

हार्वर्डसँग बाँकी सङ्घीय सम्बन्ध तोड्ने ट्रम्प प्रशासनको प्रयास जारी

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई अभूतपूर्व निगरानीको