प्रचण्डमाथि जुत्ता प्रहारको घटना छानवीनका लागि एसएसपीको नेतृत्वमा समिति गठन | Khabarhub Khabarhub

प्रचण्डमाथि जुत्ता प्रहारको घटना छानवीनका लागि एसएसपीको नेतृत्वमा समिति गठन


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको घटना छानवीनका लागि समिति गठन भएको छ ।

सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको निर्देशनमा समिति गठन गरिएको हो । प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सहकूल थापा संयोजक रहने गरि तीन सदस्यीय समिति गठन गरिएको हो ।

जसमा महानगरीय प्रहरी परिसर काठमाडौंका डीएपी होविन्द्र वोगटी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका एक जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) रहेका छन् ।

आइतबार राजधानीको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गरिसकेपछि प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेका थिए । तर उनले प्रहार गरेको जुत्ता प्रचण्ड भएको स्थानसम्म पुगेन ।

प्रचण्डमाथि आक्रमण गर्ने तिरुवाले तत्कालै प्रहरी नियन्त्रणमा लिएको थियो ।

प्रहरीसँगको बयानमा भने तिरुवाले प्रचण्डको भाषणले आक्रोशित भएपछि जुत्ता प्रहार गर्न पुगेको बताएका थिए ।

‘प्रचण्डसँग मेरो कुनै दुश्मनी हैन । तर, आइतबारको त्यो कार्यक्रममा उनले गरेको भाषण सुन्दा एक्कासी आक्रोशित भएँ,’ तिरुवाको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले खबरहबसँग भन्यो, ‘वर्ग संघर्षका विषयमा उनले गरेको विश्लेषणले मलाई रिस उठ्यो । रिस उठेका बेला जुत्ता हान्न पुगेछु ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १२ : ०४ बजे

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई