गोदावरी खोलाको सरसफाई ५२ औं हप्तामा « Khabarhub

गोदावरी खोलाको सरसफाई ५२ औं हप्तामा


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– महिला एवं बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई निरन्तर अभियानको ५२औँ हप्ताको सरसफाई आइतबार उत्साहपूर्वक सम्पन्न भएको छ ।

आइतबार विसुनडोल पुल वरिपरि सवतस्फुर्त रुपमा सरसफाई भएको हो । आजको यस अभियानमा जर्मनी हाम्बर्गका एनआरएन भाइस प्रेसिडेन्ट जोन लामाको समेत सहभागिता रहेको थियो । उहाँले आजको यस सरसफाइ अभियानको लागि पन्जा, मास्क उपलब्ध गराएका थिए ।

सरसफाई अभियानमा अनन्त ईङलीस स्कुलका शिक्षक धिरज खड्का, विद्यार्थीहरु, निरा गृहिणी समाजका निरा तिमल्सिना, सामाजिक अभियन्ता चक्र बहादुर चन्द लगायत स्थानीय वासिन्दाहरुको सक्रिय सहभागिता रहेको सरसफाई अभियानका अभियन्ता रञ्जिता श्रेष्ठ खत्रीले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १२ : १३ बजे

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल

वन्यजन्तु संरक्षक मिर सम्मानित

काठमाडौँ- वन्यजन्तु संरक्षणका क्षेत्रमा सक्रिय आलिया मिर जम्मु कश्मीर वन्यजन्तु

खेलकुद मानवीय जीवनको अङ्ग हो : माधव नेपाल

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

चीनको आर्थिक वृद्धिदर : अव्यवहारिक लक्ष्य, परिणाम न्यून

काठमाडौँ- चिनियाँ जन कांग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक परामर्शदाता सम्मेलन