चीनलगायत ५ देशबाट हुने उडानहरु रोक्न सर्वोच्चको आदेश « Khabarhub

चीनलगायत ५ देशबाट हुने उडानहरु रोक्न सर्वोच्चको आदेश


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले कोरोना भाइरसको उद्गम देश चीन तथा उच्च संक्रमण देखिएका दक्षिण कोरिया, जापान लगायतबाट सिधै तथा ट्रान्जिट भएर आउने उडानहरु रोक्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजलाशले चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि देशबाट सोझै तथा ट्रान्जिट भएर आउने उडानहरुमा रोक लगाउन भनेको हो ।

सर्वोच्चले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुको स्वास्थ्य जाँचका लागि पनि पर्याप्त व्यवस्था गर्न पनि भनेको छ ।
‘कोरोना भाइरसक (कोभिड–१९) को गम्भीर संक्रमण फैलिएका देशहरु (चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि)बाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका अवस्था र परिस्थितिको गंभिरताको शुक्ष्म मूल्याङ्कन गरी आम जनताको स्वास्थ्य सम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाको लागि अन्तर्राष्ट्रिय ृडानमा रोक लगाउने…’ सर्वोच्चको आदेशमा भनिएको छ ।

सर्वोच्चले उच्च संक्रमण फैलिएका देशबाट आउने यात्रुलाई स्वास्थ्य परीक्षण बिना प्रवेशमा रोक लगाउने तथा शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्कार्ल आइसोलेशन वार्ड र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि सरकारका नाममा आदेश जारी गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : १४ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम