क्वारेन्टाइनमा रहेका १ सय ७५ जना संक्रमणमुक्त अवस्थामा घर फर्किन पाउँदाको खुशी « Khabarhub

क्वारेन्टाइनमा रहेका १ सय ७५ जना संक्रमणमुक्त अवस्थामा घर फर्किन पाउँदाको खुशी


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिएका १ सय ७५ जना नेपाली विद्यार्थीहरु स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएका छन् ।

दोस्रो पटक गरिएको कोरोना परीक्षण नेगेटिभ आएपछि क्वारेन्टाइनबाट उनीहरु सोमबार नै घर फर्किएका हुन् । सोमबार ४ बजे स्वास्थ्य राज्यमन्त्री नवराज रावतको रोहवरमा उनीहरुलाई क्वारेन्टाइनबाट बिदाइ गरिएको हो ।

भक्तपुरको खरिपाटीमा दुई सातासम्म उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले क्वारेन्टाइनमा रहेका सबैको स्वाब रिपोर्ट नेगेटिभ आएका कारण उनीहरु क्वारेन्टाइबाट घर फर्काइएको बताए ।

शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको र उक्त परीक्षणको रिपोर्ट आज आएको हो ।

घर फर्किने क्रममा उनीहरु निकै खुशी बनेका थिए । उनीहरुले सरकारले चीनबाट उद्धार गरेर ल्याउनुका साथै क्वारेन्टाइनमा राम्रो सुविधाका साथ राखिएको भन्दै सरकारको प्रशंशा समेत गरेका छन् ।

चिकित्सकले कोरोना भाइरसको नेगेटिभ रिपोर्ट सार्वजनिक गरेपछि सबैजना आफ्ना परिवारका सदस्य तथा आफन्तहरुको साथ रमाउँदै घर फर्किएका हुन् ।

वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनबाट हिजो घर फर्किएका थिए ।

कोरोनाभाइरसको सङ्क्रमणमुक्त अवस्थामा घर फर्कन पाउँदा उनीहरु निकै खुशी देखिएका छन् ।

चीनबाट फर्किएपछि कसैलाई सङ्क्रमण देखा पर्न सक्छ भन्ने चिन्ता भएपनि प्रयोगशाला परीक्षणमा सबै ‘नेगेटिभ’ देखिएपछि उनीहरु निकै खुशी बनेका हुन् । सरकारले क्वारेन्टाइनमै बस्न चाहनेहरुका लागि भने फेरि बस्न मिल्ने व्यवस्था समेत गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : ०७ बजे

बोक्सी कुप्रथाविरुद्धको राष्ट्रव्यापी सचेतनामूलक कार्यक्रम

भैरहवा- रुपन्देहीको सैनामैनामा अन्धविश्वासका कारण १४ वर्षीय बालिकाको मृत्यु भएसँगै

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली – कैलालीको मोहन्याल गाउँपालिका ५ तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ – नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले

एमालेको एकल बहुमतको सरकार बनाउन ग्रासरुट अभियान : पौडेल

सुर्खेत – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले

प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

काठमाडौँ – प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको