अध्ययन र घुम्नका लागि विदेश नजान सरकारको अनुरोध, तत्काल नो अब्जेक्सन लेटर नदिइने « Khabarhub

अध्ययन र घुम्नका लागि विदेश नजान सरकारको अनुरोध, तत्काल नो अब्जेक्सन लेटर नदिइने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको विश्वव्यापी रुपमै बढिरहेको प्रकोपबाट बच्न सरकारले आत्यावश्यक अवस्थामा बाहेक सामान्य कामका लागि विदेश भ्रमणमा नजान अनुरोध गरेको छ ।

सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्ययन तथा घुमफिरका लागि विदेश नजान सर्वसाधारणलाई अनुरोध गरे ।

परराष्ट्रमन्त्री ज्ञवालीले अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘नो अब्जेक्स लेटेर’ पनि तत्कालका लागि स्थगित गरिने पनि जानकारी दिए ।

नो अब्जेक्सन लेटर नभएपछि वैदेशिक अध्ययनका लागि भिसा लागिसकेका विद्यार्थीले समेत अब विदेश उड्न पाउने छ्रैनन् ।

सरकारले भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनलाई पनि नियमित राख्ने जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : ५६ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक