कोरोना प्रकोपको सन्त्रास– त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द « Khabarhub

कोरोना प्रकोपको सन्त्रास– त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संभावित प्रकोपबाट बच्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भिजिटर पास बन्द गरिदिएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको उल्लेख गरेको तथा सरकारले समेत सार्वजनिक स्थानमा भिडभाड कम गर्न आग्रह गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जिभिटर पास बन्द गरेको हो ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले एक विज्ञप्ती जारी गर्दै विमानस्थल भएर यात्रा गर्ने आफ्ना आफन्तजनको बिदाइ तथा स्वागतका लागि नआउन पनि आग्रह गरेका छन् ।

‘यस अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतवाजत गर्नु हुने सबै हवाई यात्रुहरुलाई स्वागत तथा बिदाइ गर्न आउनुहुने आफन्तजन लगायत अन्य महानुभावहरुालई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनु हुन र अत्यावश्यक काममा आउनु हुने सबैले मास्क प्रयोग गरिदिन हुन अनुरोध छ,’ विमानस्थलका महाप्रवन्धक केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : २८ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक