हात हल्लाएर मुस्कुराउँदै अस्पतालको वार्डमा प्रवेश गरे प्रधानमन्त्री ओली « Khabarhub

हात हल्लाएर मुस्कुराउँदै अस्पतालको वार्डमा प्रवेश गरे प्रधानमन्त्री ओली


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल आइपुगेका छन् ।

प्रधानमन्त्री ओली केही बेर अगाडि (सोमबार अपराह्न ६ बजेपछि) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज आइपुगेका हुन् ।

औपचारिक प्रक्रिया पूरा गरेर प्रधानमन्त्री ओलीलाई भर्ना गरिने अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पताल पुगेका प्रधानमन्त्री ओली हात हल्लाउँदै अस्पतालको वार्ड प्रवेश गरेका छन् ।

अस्पताल अगाडि जम्मा भएका सुभेच्छुकप्रति अभिवादन गर्दै प्रधानमन्त्री ओली वार्डमा प्रवेश गरेका हुन् । यद्यपि उनले कुनै प्रतिक्रिया भने दिएनन् ।

अस्पताल भर्ना हुनु अगाडि एउटा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अस्पताल बसाइका क्रममा सरकारका तर्फबाट गरिनुपर्ने नियमित तथा भइपरी आउने कामका सन्दर्भमा निर्णय लिने गरी संयन्त्र तयार गरेर राखेको बताएका थिए ।

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदै छ । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने संग्रौला ज्ञवालीले मिर्गौला दान गर्दै छिन् ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने ज्ञवाली सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : २७ बजे

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई