मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सहकार्य « Khabarhub

मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सहकार्य


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न सेवा सुविधामा छुट दिने विषयमा सम्झौता भएको छ ।

सम्झौता बमोजिम मुक्तिनाथ  बैंकका सबै ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा १०% सम्मको विशेष छुट पाउने भएका छन् ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकारी समिर शेखर बज्राचार्य र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तर्फबाट बिक्रि तथा बजारीकरण निर्देशक श्री प्रभाकर खड्का हस्ताक्षर गरेका हुन् ।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

मुक्तिनाथ बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

मुक्तिनान बैंकले प्रविधिमा आधारित रही मोबाइल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङ्ग, आस्वा सेवा, लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : ३८ बजे

बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

जनकपुरधाम– बिहानको झिसमिसेमै धनुषाको बटेश्वर गाउँपालिका–२ सीतापुरका रागेश्वरी कुमारी दनुवारको

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ ।