कोरोना भाइरसबाट नआत्तिन मुख्यमन्त्री पौडेलको आग्रह | Khabarhub Khabarhub

कोरोना भाइरसबाट नआत्तिन मुख्यमन्त्री पौडेलको आग्रह


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड–१९) बाट सर्वसाधारण नागरिकलाई नआत्तिन आग्रह गरेका छन् ।

उनले संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा कोरोना भाइरसको नियन्त्रणका लागि प्रदेश सरकारले अपनाउनुपर्ने मापदण्डको आज समीक्षा गर्न बसेको संयुक्त बैठकलाई उक्त निर्देशन दिएका हुन् ।

उनले प्रदेश सरकारले संघीय सरकार र स्थानीय निकायबीच समन्वय तथा सहकार्य गरी भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने मापदण्डलाई कार्यान्वयन गर्न तत्पर हुनुपर्ने बताए ।

उनले सञ्चारकर्मीले जनताप्रति उत्तरदायित्व बहन गर्दै कोरोना भाइरस प्रभावितको समाचार सम्प्रेषण गर्दा सबै नागरिकलाई भयभित र डरत्रासबाट मुक्त तुल्याई तत्काल बिरामीलाई असहज महसुस भए स्वास्थ्य उपचार संस्थामा जान प्रेरित गर्नुपर्ने बताए ।

सो अवसरमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारले १३ जिल्लामा आपतकालीन स्वास्थ्य उपचारका लागि ५० श्ययाको छुट्टाछुट्टै उपचार कक्षको स्थापना गर्ने र बिरामीको अवस्थालाई सामान्वयरुपमा राख्दै तत्काल हेल्थ डेस्कमा सम्पर्कमा रहन स्वास्थ्यकर्मी परिचालन गरिएको उल्लेख गरे ।

उनले सर्वसाधारणलाई स्थानीय निकाय र प्रदेश सरकारले समन्वय गरेर जनचेतनामार्फत घरदैलोमा सरसफाइ गर्ने तथा सम्बन्धित परिवारले प्रत्यक्ष पशुपक्षीको सम्पर्कमा नरहने र साबुन पानीले नियमित हात धुने व्यावहारिक ज्ञान दिन सकेको खण्डमा भाइरस रोगको प्रकोप बढ्न नसक्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका क्षेत्रीय निर्देशक महम्मद दाउतले संघीय सरकारले सातै प्रदेशमा हेल्थ डेस्क र क्वारेन्टाइनको व्यवस्था गर्न लागेकाले सम्बन्धित प्रदेश सरकारले पनि उक्त रोकथामका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : ४५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं